Advertisement

कोभिडका बिरामी घटेसँगै बढ्यो सुत्केरी सेवा

0 328

Advertisement

१८ असार, चितवन । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो ।

भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी वढेको बताउनुहुन्छ । कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उहाँको भनाइ छ ।

विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उहाँले क्रमशः बढ्दै जाने वताउनुभयो । प्रसूति मध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेल बताउनुहुन्छ । विगतमा यो प्रतिशत ३० हाराहारी थियो । कोभिडका बिरामी वढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उहाँको तर्क छ ।

अस्पतालको स्त्रीरोग विभागमा १२ विषेशज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् । अस्पतालका रहेका क्याविनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याविन वाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याविन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिनुभयो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिनुभयो । अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ । कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले जानकारी दिनुभयो । आज यो सङ्ख्या ७० मा झरेको छ ।

अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् । कोरोना सङ्क्रमण देखिए यता अस्पतालमा ३२ सङ्क्रमितले सुत्केरी सेवा लिइ सकेका छन् । ती मध्ये १० जनाको शल्यक्रिया गरीएको हो ।

पौडेलले सङ्क्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरुले सुरक्षित महशुश गर्ने गरेको जानकारी दिनुभयो । राजधानीको प्रसूति गृहपछि देशमानै सबैभन्दा बढी सुत्केरी हुन यहाँ आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा १४ हजार हाराहारीले यहाँबाट सेवा लिने गरेका छन् ।

यहाँ चितवन सहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन् । धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन् । कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ । अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.