Advertisement

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय बर्ष पूरा, समृद्ध चीनको सपना साकार भएको राष्ट्रपति सीको भनाइ

0 606

Advertisement

१७ असार, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिबस मनाएको छ ।

अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताउनुभएको छ ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताउनुभएको हो ।

सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफुहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।”

चीनको राष्ट्रपति समेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट बताउनुभयो । उहाँले भन्नुभयो, “चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।” उक्त अबसरमा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने पनि बताउनुभयो । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उहाँले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने उहाँले बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गर्दै सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले दुई हजार ५०० वर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताउनुभयो ।

चिनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य सङ्ख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चिनियाँ नागरिक आवद्ध भएका छन् ।
यो तथ्याङ्क यही जुन ५ तारिखसम्मको भएको चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले बुधबार जानकारी दिएको छ । सन् २०१९को अन्त्यसम्मको सदस्य सङ्ख्याभन्दा अहिले ३.५ प्रतिशतले सदस्य सङ्ख्या बृद्धि भएको संगठन विभागको भनाइ छ ।

विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो ।सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चिनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.