Advertisement

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

0 412

Advertisement

१७ असार, काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गर्नुभएको हो । २०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलवी बचत खाता आगामी ५ वर्षका लागि थप सेवा सहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.