Advertisement

कास्की निषेधाज्ञा : सर्तसहित केहि खुकुलो

0 381

Advertisement

१४ असार, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा लम्ब्याएको छ । यसअघि असार १५को मध्यरातसम्म जारी निषेधाज्ञा असार २५को मध्यरातसम्म लम्ब्याइएको हो ।

कोरोना भाइरसको संक्रमण मृत्युदर केही घटेपनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यसपटक केहि खुकुलो बनाएको छ । जसअनुसार अब सार्वजनिक सवारीहरु गुड्ने भएका छन् । स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी चल्न पाउने प्रशासनले उल्लेख गरेको छ ।

यस्तै १२ बजेसम्म मात्रै पसल व्यवसाय सञ्चालन हुँदै आएकोमा मंगलबारको मध्यरातदेखि खाद्यान्न बिहान ५ देखि साँझ ६ र खाद्यान्न बाहेकलाई बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.