Advertisement

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

1 1,384

Advertisement

०९ असार , काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव केही कम गर्न आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको संयुक्त रुपमा आयोजित आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको तथा छोटो समयको तयारी तथा अहिलेको अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको उपस्थितिमा ४० जना व्यक्तिहरुले रक्तदानमा सहभागि जनाएको आयोजक गोकर्णेश्वर युवा समूहका  प्रविन घिमिरेले बताउनुभयो ।


रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै गोकर्णेश्वर युवा समूह, जोरपाटि युवा क्लव र हाम्रो सहयोग अभियानको सदस्यहरु ,स्थानीय युवाहरु संगै हाम्रो सहयोग अभियान अध्यक्ष तथा चामुण्डा मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदी, कार्यक्रमको संयोजक राजेश श्रेष्ठ, जोरपाटि युवा क्लवका अध्यक्ष सामदेन लामा, श्री योगी, समाजसेवी सुर्दशन गोले, विनय बस्नेत, विजय लामा, झिङ्गे लामा , विकास श्रेष्ठ लगायतका व्यक्तिहरु उपस्थित रहेको घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रम आज असार ०९ गते भएको हो । उक्त कार्यक्रम चामुण्डा मन्दिर जोरपाटि प्राङगणमा बिहान ०८ बजेबाट सुरु भएको आयोजक गोकर्णेश्वर युवा समूहका प्रविन घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम राम्रै संग सम्पन्न भएको छ । र कार्यक्रमा उपस्थित सवैमा सामाजिक कार्यमा सहभागि हुने सवैमा धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रम सामजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरीएको उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.