Advertisement

आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

0 1,039

Advertisement

०८ असार, काठमाडौं । सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

आन्तरिक उडान बैशाख २० गतेबाट बन्द गरिएको थियो ।

उडानको व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.