Advertisement

कोरोना अपडेट:आज थपिए कोरोनाका २२९७ संक्रमित ,३१३० जना कोरोना संक्रमण मुक्त

0 566

Advertisement

०७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १० हजार ९ सय ४ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय ९२ पुगेको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

त्यसो त पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमितको संख्या घटिरहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २८५ जना, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.