Advertisement

एक हजार ९६३ थपिए, चार हजार २० कोरोनामुक्त, ४४ को मृत्यु

0 474

Advertisement

०४ असार, काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन बिधिबाट पोजेटिभ पाइएकाहरुको संख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय सङ््क्रमित छन् ।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा चार हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८९ प्रतिशत पुगेको छ ।

गएको चौबीस घण्टामा ४४ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले आठ हजार ६४१ जनाको मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.