Advertisement

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

0 878

Advertisement

०३ असार, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

प्रतिशेयर रू. १०० अंकित मूल्यको कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी १८ लाख ४८ हजार १५ कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.