Advertisement

सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते

0 1,061

Advertisement

०२ असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते हुने भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्ने भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

यसअघि कम्पनीले गत जेठ ११ गते वार्षिक साधारणसभा डाकेको थियो ।

तर कोरोनाको महामारी बढेर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै इन्स्योरेन्सले उक्त सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.