गण्डकीमा ३० अर्बको बजेट (पूर्णपाठ)
०१ असार, पोखरा । गण्डकी सरकारले आउँदो आर्थिक वर्षका लागि ३० अर्बको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब सानो आकारको बजेट आउँदो आवका लागि आएको हो ।
२० गते रातिमात्रै मुख्यमन्त्री बनेका पोखरेलले आर्थिक मामिला मन्त्रीसमेत नियुक्त गर्न भ्याएका छैनन् । १ दिनमै हतार हतार तयार गरी उनले १ असारमा बजेट ल्याएका हुन् । प्रदेशहरुले १ असारमै बजेट ल्याउनै पर्ने काननुी व्यवस्था छ ।