Advertisement

सोमबार भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गर्दै अष्ट्रियाको पहिलो जित

0 576

Advertisement

३१ जेठ, काठमाडौं । अष्ट्रियाले युरोकप फुटबलमा पहिलो जित हात पारेको छ । तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रियाले १६औं संस्करण अन्तर्गत सोमबार भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ ले पराजित गरेको हो ।

समूह सीमा अष्ट्रियाले जितसहित ३ अंक जोड्दा यसै संस्करणबाट युरोकपमा डेब्यु गरेको नर्थ मेसेडोनियाको सुरुवात सुखद् हुन सकेन ।

अष्ट्रियाले यसअघि सन् २००८ र २०१८ मा युरोकप खेल्दा एक खेल पनि जितेको थिएन भने जम्मा २ खेल बराबरी गरेको थियो । दुवै पटक अष्ट्रिया समूह चरणबाटै बाहिरिएको थियो ।

रोमानियाको बुखारेस्टमा भएको खेलमा अष्ट्रियालाई जिताउन स्टेफान लाइनर, माइकल ग्रेगोरिस्द्ब र मार्को अर्नाउटोभिचले गोल गरे । नर्थ मेसोडोनियाका लागि कप्तान गोरन पाण्डेभले गोल फर्काए ।

खेलको १८औं मिनटमा लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए तर गोरनले २८० मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा अष्ट्रियाका दुवै वैकल्पिक खेलाडीले मान प्रवेश गर्दै गोल गरे । माइकलले ७८औं र अर्नाउटोभिचले ९०औं मिनेटमा गोल गरेपछि अष्ट्रियाले सहज जित हात पारेको हो ।

नर्थ मेसेडोनियाका गोरन पाण्डेभ युरोकपमा गोल गर्ने दोस्रो पाका खेलाडी बने । उनले ३७ वर्ष ३२१ दिन हुँदा गोल गरे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.