Advertisement

राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्किएको

0 2,452

Advertisement

३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ ।

समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश फर्किएको हो । टोली राति ८:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो ।

नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् ।

छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।

त्यसअघि इराकसंग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । यस पटक नेपाली टिममा ६ नयाँ खेलाडी रहेकोमा ५ खेलाडीले डेब्यु गरे । इराक विरुद्ध मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए भने अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले डेब्यु गरेका थिए ।

विश्वकप/एसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.