Advertisement

पहिरो सहितको बाढीले आठ परिवार विस्थापित

0 2,481

Advertisement

३० जेठ, गण्डकी । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं गुरुङ, भूपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरी क्षति पु¥याएको छ । विस्थापित भएका गम्मरसिं, भूपाल, शेरबहादुर र नरबहादुर आफन्तको घरमा आश्रय लिएका छन् भने चार दलित परिवार गाउँको खाली गोठमा बस्न बाध्य छन् ।

उनीहरुको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका—७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । बुधबार राति आएको पहिरोसहितको बाढीले ती परिवारहरु विस्थापित हुनुपरेको हो । आफूहरुको घरबाहेक अरु सम्पत्ति नभएकाले अब के गर्ने भन्ने समस्या र चिन्तामा रहेका नरबहादुर दमाइले बताउनुभयो ।

वडाध्यक्ष गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरिएको भएपनि उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.