Advertisement

राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त

0 1,078

Advertisement

२८ जेठ, कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्। आजको संसद बैठकले उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेपनि तटस्थ बसेको भन्दै पुन: जनमोर्चाले उनलाई कारबाही गरेको थियो।

यसअघि सर्वोच्च अदालतले थापाको पद खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले गत आइतबार यस्तो आदेश जारी गरेको थियो। तर, एकसाता नपुग्दै पुन: उनको पद खोसिएको छ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गरेको भन्दै यसअघि उनको पद खोसिएको थियो।

तर, गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावविरुद्ध मतदान गर्न संसदीय दलले ह्विप जारी गर्ने निर्णय भए पनि मतदान नै नभएकाले थापालाई पदमुक्त गर्न नमिल्ने आदेश अदालतले दिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.