प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ
२७ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् ।
काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाए ।
नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।