Advertisement

नेप्समा आज दोहोरो अंकको गिरावट : शेयर बजार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा

0 636

Advertisement

२६ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । हिजो मंगलबार नेप्सेमा उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज शेयर बजार आज १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज बजार घटेपनि १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, र गुडवील फाइनान्स कम्पनी रहेका छन् ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.