Advertisement

अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

0 595

Advertisement

२५ जेठ, सुनसरी । धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । उनीहरुमध्ये विक्रम, सिजन र सरोजलाई धरान उपमहानगरपालिका-५ देउरालीबाट जेठ १८ गते तथा बसन्त र रेगनलाई धनकुटा छथर पोखरी-४ बन्चरेबाट सोमबार पक्राउ गरिएको हो ।

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीमा ज्यान सम्वन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.