Advertisement

विश्वकप छनोटमा नेपालमाथि जोर्डनको सहज जित

0 590

Advertisement

२५ जेठ, काठमाडौं । विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डनले नेपालमाथि सहज जित हात पारेको छ । कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको हो । जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले छ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो । जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।

कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भब बनायो ।
पहिलो हाफको सुरु देखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो ।

डिफेन्डर रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र सुलेमानलाई लडाउन पुग्दा जोर्डनले पेनाल्टीको अबसर पायो । बाहा फैसल सेफले पेनाल्टीलाई गोलमा परिणत गरेर जोर्डनलाई १–० को अग्रता दिलाउनुभयो । गोलकिपर किरण चेम्जोङले पेनाल्टी प्रहार रोक्न दायाँ तिर ‘डाइभ’ लगाउँदा बल गोलपोष्ट चुमिसकेको थियो । बाहा फैसलले जोर्डनका लागि आफ्नो २८ औं खेलमा ११ गोल पुरा गर्नुभयो ।
खेलको २९ औं मिनेटमा डिफेन्डर बिकास खवास घाईते भएर मैदानबाट बाहिरिँदा सुनिल बल मैदानमा प्रबेश गर्नुभयो । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपालले गोल गर्ने अबसरबाट बञ्चित हुन पुग्यो ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लियो । ६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३–० पार्नुभयो । उक्त गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।
नेपालले छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । उक्त खेलपछि कुवेत र जोर्डनबीच स्पर्धा हुनेछ । कुवेत र जोर्डनबीचको उक्त खेल विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.