Advertisement

चीनले अनुदानमा दिएको नौ लाख मात्रा खोप क-कसले लगाउँदैछन् ?

0 682

Advertisement

१९ जेठ, काठमाडौं । चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाखमध्ये नौ लाख खोपको मात्रा मङ्गलबार काठमाडौं आइपुग्न लागेको छ। गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिन्पिङबीच भएको कुराकानीका क्रममा उत्तरी छिमेकीले नेपाललाई थप खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

यसअघि पनि चीनले नेपाललाई आठ लाख खोपका मात्रा उपलब्ध गराएको थियो। पछिल्लो सहयोगसँगै चीनले नेपाललाई उपलब्ध गराएको कुल खोपको मात्रा १८ लाख पुगेको छ। पछिल्लो १० लाखमध्ये बाँकी एक लाख खोप पनि छिट्टै नेपाल आइपुग्ने बताइएको छ।

यसपालिको खोप कुन हो ?

यस पटक पनि चीनले पहिला दिएकै जस्तो भेरो सेल खोप नेपाललाई दिन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएको कुरा बीबीसी नेपालीमा उल्लेख छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिडविरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।

डब्ल्यूएचओले स्वीकृति दिएको युरोपबाहिर बनेको पहिलो कोभिड खोप त्यसअघि नै नेपालमा प्रयोगमा ल्याइसकिएको छ। नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ। सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। गौतमका अनुसार मङ्गलबार आइपुग्ने नौ लाख मात्रा खोप कसलाई दिने भन्ने विषयमा ठोस निर्णय भइसकेको सकेको छैन।

कोभिड-१९ विरुद्ध खोपको राष्ट्रिय योजनाअनुसार प्राथमिकता तोकिने र त्यसै अनुसार यो खोप दिने निर्णय गरिने उनले जानकारी दिए। ‘अहिले अग्रपङ्क्तिका सेवा प्रदायकपछि उमेर समूहमा हामी गएका छौँ र हामी मूलतः उमेर समूहमै केन्द्रित हुनुपर्ने म देख्छु। तर निर्णय नभइसकेको हुँदा जोखिमको स्तर हेरेर पनि हामीले खोप कहाँ दिने निर्णय गर्नुपर्ने हुनसक्छ। अर्को कुरा हामी केही क्षेत्र विशेषमा पनि जान सक्छौँ,’ उनले भने।

यसअघि चीनबाट ल्याइएको खोप सरकारले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै आलोचना भएको थियो।

६० देखि ६४ वर्षका सर्वसाधारणले खोप पाउलान्?

सरकारले खास गरी ६० वर्ष देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप दिन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामा यसपाली पनि उनीहरूले खोप प्राप्त गर्ने नगर्ने विषय सुनिश्चित हुन सकेको देखिँदैन।

यसअघि १८ देखि ५९ वर्षसम्मका सर्वसाधारणहरूलाई भेरो सेल खोप दिइएको थियो। त्यस्तै ६५ वर्षमाथिका केही नागरिकहरूले कोभिशील्ड खोपको एक मात्रा भए पनि प्राप्त गरेका छन्।

सरकारी प्राथमिकतामा नपर्दा ६० देखि ६४ वर्षसम्मका नागरिकले खोप प्राप्त गर्न नसकेको देखिन्छ। डब्ल्यूएचओले पछिल्लो समय १८ वर्ष माथिका कसैलाई पनि ‘नलगाउन नभनेसँगै’ भेरो सेल ६० देखि ६४ वर्षसम्मका मानिसहरूलाई दिन मिल्ने भए पनि खोपको सीमित मात्राका कारण यस विषयमा निर्णय भइनसकेको अधिकारीहरू बताउँछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.