Advertisement

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो

0 595

Advertisement

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बैठकले किराना पसल, डिपार्टमेन्ट स्टोर र स्टेशनरी पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ। यस्तै, तरकारी, फलफुल, दुध, मासु र ग्यासको पसल पनि बिहान ९ बजेसम्म खोल्न दिइनेछ ।

यसैगरी, निजी तथा सार्वजनिक निर्माणको काम गर्न दिने तर काम गर्दा मानिस भित्रै बस्नुपर्ने मापदण्ड बनाइएको छ।

यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदै छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.