Advertisement

काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा

0 773

Advertisement

१९ जेठ, काठमाडौँ । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले आजबाट कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शुभारम्भ भएसँगै आजबाट उक्त नयाँ भवनमा कोरोना संक्रमितको विरामीको उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । आज अक्सिजन सेवा सुविधासहित ५० बेड सञ्चालनमा ल्याएको जानकारी दिँदै उहाँले विस्तारै बेडको संख्या बढाउँदै लैजाने जानकारी दिनुभयो ।

वीरको अर्को भवनका उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याएर उपचार गर्ने तयारी छ । ट्रमामा कोरोना नलागेको अन्य विरामीको उपचार गर्ने व्यवस्था गर्न लागेको छ । उहाँले सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने समेत बताउनुभयो ।

सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ । उक्त भवन सञ्चालनमा ल्याउने तयारी यस अघि गरे पनि अक्सिजन ग्यास अभाव भएको कारण सञ्चालन गर्न सकिएको थिएन ।

यो भवन खासगरी विरामीको अप्रेशनको लागि मात्र बनाएको भएता पनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो । केही साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा निर्णय गर्नुभएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा बेड अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.