Advertisement

अत्यावश्यक सेवामा इन्टरनेट सेवा समावेश, हडताल तथा बन्द गर्न निशेध

0 494

Advertisement

१९ जेष्ठ, काठमाडौं । सरकारले इन्टरनेट सेवालाई समेत अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ । सरकारले हालै इन्टरनेट सेवालाई आवश्यक सेवामा समावेश गरेर सो सेवामा हडताल तथा बन्द गर्न निशेध गरेको हो ।

यसको लागि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै हडताल निषेध गर्ने क्षेत्रहरु उल्लेख गरेको छ छ ।

यसअघि नै सरकारले टेलिफोन सेवा तथा सञ्चार सेवालाई हडताल गर्न नपाईने निषेधको सूचीमा राखिसकेको छ ।

सचिव महेश्वर न्यौपानेको हस्ताक्षरमा सोमबार प्रकाशित राजपत्रमा सरकारले आवश्यक सेवाऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकारी प्रयोग गरेर सो आदेश जारी गरेको उल्लेख छ ।

यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिनियर म्यानेजमेन्ट मिटिङ्गले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरि मन्त्रिपरिषदले पनि इन्टरनेट सेवाको मर्मत र संचालनलाई अत्यावश्यक सेवाअन्तरगत राखेर संचालन गर्न दिने निर्णय गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.