Advertisement

नेपाल लायन्स आन्दोलनलाई एकताबद्द बनाउदै लायन सम्भु घिमिरे

0 938

Advertisement

१८ जेठ, काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका तर्फ बाट लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर का उम्मेदवार बालकृष्ण बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफुले कुनै पनि उम्मेदवारलाइ समर्थन नगरेको बताएका छन । आफ्नो सामाजिक संजालमा लेख्दै लायन घिमिरेले आफु सधै नेपाल लायन्स आन्दोलनलाइ एकताबद्द बनाउदै अन्तर्राष्ट्रिय मंचमा समेत एकताबद्द भएर लड्नुपर्ने दृढ संकल्पको पक्षमा रहेको भन्दै लायन घिमिरेले सन् २०१४ मार्च २० मा तात्कालिक नेतृत्व र समस्त उम्मेदवारहरु बिच बृहत सहमति भई एकल, राष्ट्रिय उम्मेदवारका रुपमा ३२५ बि२ का लायन संजय खेतानलाई नेपालबाट पठाउने र भविष्यमा समेत ३२५ ए र ३२५ बि तर्फबाट पालैपालो रुपमा योग्य, अनुभवी र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सफल ब्यक्तिलाई उम्मेदवारका रुपमा नेपालबाट पठाउने भद्र सहमति भएको स्मरण गरेका छन् ।

लायन सम्भु घिमिरेले सामाजिक संजालमा लेख्नुहुन्छ :

आदरणीय लायन नेतृत्व एवं क्लब प्रतिनिधि मतदाता,
सादर नमस्कार !
अहिले हामी अत्यन्तै असहज परिस्थिति माझ कोभिड -१९ महामारी सगं जुद्धै छौ। यस बिच हामीले धेरै साथीहरू गुमाएका छौ , म सम्पूर्ण दिवंगत आत्माहरुमा हार्दिक श्रद्धाञ्जली अर्पन गर्दछु र कोरोनाबाट लड्दै रहनु भएका मित्रहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु ।
यस विषम अवस्था बिच आगामी शुक्रबार र शनिबार (जेष्ठ २१-२२) मल्टिपल कन्भेन्शन सम्पन्न हुदैछ। उक्त कन्भेन्शनले दोस्रो नेपाली ईन्टरनेशनल डाईरेक्टरका लागि मार्ग प्रसस्त गर्नेछ। अवश्यमेव नेपाली लायन अभियान शिखरमा छ र निरन्तर अग्रगमन तर्फ उन्मुख छ। लायन अभियानको विस्तारमा नेपालीहरुले प्राप्त गरेको उच्च उपलब्धि विश्व सामु उदाहरणीय छ फलस्वरूप लायन्स क्लब्स् अन्तर्राष्ट्रियमा नेपालीहरुको नेतृत्व स्विकार्य र स्थापित समेत हुँदैछ। नेपालबाट पहिलो ईन्टररनेशनल डाईरेक्टरका रुपमा आदरणीय ला. संजय खेतानलाई राष्ट्रिय सहमति गरि सर्वसम्मत रुपमा विजयी गराउदाको हवाई , अमेरिकाको सन् २०१५ को ऐतिहासिक क्षणले हामी गौरवान्वित हुन्छौं । राष्ट्रिय एकता र बृहत सहमतिका फलस्वरूप हामीले यी र अन्य ऐतिहासिक उपलब्धिहरु हासिल गर्न सक्यौं ।

ज्ञातव्य छ सन् २०१४ मार्च २० मा तात्कालिक नेतृत्व र समस्त उम्मेदवारहरु बिच बृहत सहमति भई एकल, राष्ट्रिय उम्मेदवारका रुपमा ३२५ बि२ का श्रद्घेय ला. संजय खेतानलाई नेपालबाट पठाउने र भविष्यमा समेत ३२५ ए र ३२५ बि तर्फबाट पालैपालो रुपमा योग्य , अनुभवी र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सफल ब्यक्तिलाई उम्मेदवारका रुपमा नेपालबाट पठाउने भद्र सहमति भएको थियो। यसै सन्दर्भमा मेरो उम्मेदवारी देशमा राष्ट्रिय एकता स्थापित गर्दै भद्र सहमति अनुसार ३२५ए२ को स्थान सुनिश्चित गर्नका लागि हो ,यसका लागि म र मेरा साथीहरूले अथक प्रयत्न गर्यौ ,अझै प्रयत्नशील छौ।

मैले राष्ट्रिय एकता मेलमिलाप र समझदारीका लागि मल्टिपलको आह्वानमा भएको पि डि जि बैठकमा सम्पुर्ण लायन नेतृत्व सामु आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ , मैले यो वा त्यो उम्मेदवारका पक्षमा समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएको होईन । अहिले मेरा नाम जोडेर ‘मलाई समर्थन गरेर शम्भु घिमिरेले उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद’ भनी विभिन्न सामाजिक संजालमा प्रकाशित स्टाटस र समाचारले मेरो ध्यान गम्भीर रुपमाआकृष्ट भएको छ । म पुनः सबै नेतृत्व एवं मित्रहरूलाई स्पष्ट पार्न चाहन्छु कि मेरो कदम राष्ट्रिय एकता , बृहत् समझदारी र सहकार्यका लागि हो , सबै साना ठुला डिष्ट्रिक्टका योग्य उम्मेदवारले अवसर पाउनु पर्छ भन्नाका लागि हो, सन् २०१४ मार्च २० का दिन सम्पन्न भद्र सहमति अनुसार अग्रगमन होस भन्नाका लागि हो न कि कुनै उम्मेदवारको पक्षमा समर्थन गर्न , तसर्थ म मेरा मित्र द्वय उम्मेदवारहरुलाई अझै राष्ट्रिय सहमति र आपसी समझदारीमा आउन र समझदारीको एकल उम्मेदवार हुन आह्वान गर्दछु।

आउनु होस समझदारी गरौ र ६ वर्ष पछि नेपालले पुनः प्राप्त गरेको यो अवसरलाई राष्ट्रिय एकतामा बदलौ , सबैले अवसर पाउने वातावरणको श्रृजना गरौ , ईन्टररनेशनल डाईरेक्टर कुनै एक डिष्ट्रिक्टको मात्रै नभई समग्र देशको बनौ।

अन्तमा, समस्त नेतृत्व एवं प्रतिनिधि ज्युहरुलाई राष्ट्रिय एकता सहितको वृहत् सहमतिका लागि मन वचन र कर्मले सहकार्य गर्न हार्दिक अपिल गर्दछु ।
सुरक्षित बसौ, स्वस्थ्य रहौ !!
ला शम्भु प्रसाद घिमिरे
ईन्टरनेशनल डाईरेक्टर ईन्डोर्सी
३२५ ए२



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.