Advertisement

नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न

0 642

Advertisement

१८ जेठ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।


त्यसो त, यसअघि पनि पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका ५ –५ जना सदस्यहरु गरी स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा कार्यदल गठन भएको थियो । तर, कार्यदलका केही नेताहरुलाई पार्टीले कारबाही गरेका कारण तयो कार्यदल पुर्नगठन हुनसक्ने समेत ज्ञवालीले जानकारी दिनुभयो ।

मंगलबार स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ जना नेताहरुमाथी कारबाही गर्ने सम्बन्धमा कुनै छलफल भएन बरु, पार्टी एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्श बैठकको रहेको ज्ञवालीले जानकारी दिनुभएको छ ।

उहाँले बैठकमा काेभिड १९ काे राेकथाम र नियन्त्रका बारेमा पनि छलपफल भएकाे बताउनुभयाे । त्यस्तै सर्वाेच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीहरूबा भएका गतिविधका बारेमा पनि समीक्षाा भएकाे बताउनुभयाे ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पनि स्पष्टीकरण सोधिएका नेताहरुले स्पष्टकिरण नबुझाएपनि उहाँहरु सम्पर्कमै रहनुभएको प्रतिक्रिया दिनुभएको छ ।


पार्टीबाट कोही पनि अलग नहुने गरि पार्टी थप पहल गरिरहेको तामाङले बताउनभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.