सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास छ : गगन थापा
१० जेठ, काठमाडौं । कांग्रेस नेता गगन थापाले अदालतले केही महिनाअघि आफैंले गरेको फैसलालाई टेकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताएका छन्।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘अदालतले दायाँबायाँ केही पनि गर्न सक्दैन, अदालतप्रति भरोसा छ, केही समयअघि गरेको फैसलालाई टेकेर अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास छ।’
कांग्रेससभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाहरु सबै रिट दायर गर्न नआएको सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘त्यो दिन हस्ताक्षर गरेकाहरु कोही पनि फर्केका छैनन्, रिट दिने नदिने कुरा उनीहरुको कुरा हो।’
उनले संविधानविरोधी, गैरजिम्मेवार र अहंकार प्रधानमन्त्री पाउँला र संसद पुनःस्थापनाको माग गर्दै यसरी पटक पटक अदालत धाउनुपर्ला भनेर संविधान बनाउँदा कल्पना पनि नगरिएको बताए।
यो पनि पढ्नुहोस्: