Advertisement

बजेटको मुख्य प्राथमिकता कोरोना नियन्त्रण

0 1,036

Advertisement

सस्तो लोकप्रियता होइन, दूरगामी महत्त्वको बजेट जनता बचाउन सरकारले सबै शक्ति परिचालन गरेको छ ।

१० जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको बजेट कोरोना (कोभिड–१९) नियन्त्रणलाई मुख्य प्राथमिकता दिएर ल्याउन लागिएको बताउनुभएको छ । बजेटमा सस्तो लोकप्रियता कमाउने गरी कार्यक्रम नराखिने तर महामारी नियन्त्रणसँगै देशको आर्थिक तथा सामाजिक विकासको गतिलाई उच्च पार्ने खालका महत्त्वपूर्ण कार्यक्रम भने समावेश गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनअघि नै सबैलाई खोप लगाउने प्रयासलाई बजेटले सम्बोधन गर्ने छ भन्नुभयो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन अर्थ मन्त्रालयले तयार गरिरहँदा प्रधानमन्त्री ओलीले बजेटका प्राथमिकता स्पष्ट पार्नुभएको हो ।

देशको विकासको गति उच्च पार्न दूरगामी महत्त्वको बजेटको तयारी भइरहेको भन्दै उहाँले थप्नुभयो, “अर्थतन्त्रको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन । सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । बजेट यसैमा केन्द्रित हुनेछ ।”
अहिले सरकारको सम्पूर्ण ध्यान कोरोना (कोभिड–१९) नियन्त्रणमा रहेको प्रधानमन्त्रीले बताउनुभयो । भरसक रोग सर्नै नदिने, सरिहालेमा उपयुक्त उपचार र खोपको व्यवस्थापन गर्नमा सरकार लागेको उहाँले प्रस्ट पार्नुभयो ।

उहाँले कोभिड खोपका लागि छिमेकी मुलुक चीन, भारत र अन्य मुलुक बेलायत, रुस, अमेरिकालगायत मुलुकसँग सरकारले पहल गरेको बताउनुभयो । भ्याक्सिन ल्याउने क्रम जारी रहेकाले निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब अक्सिजन सिलिन्डर, भेन्टिलेटरको समस्या करिब समाधान भइसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको ज्यान जोगाउन सरकारले सबै शक्ति परिचालन गरेको प्रस्ट पार्नुभयो ।

अहिले महामारीको ग्राफ तल झर्ने अवस्थामा रहेको र चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उहाँले आफैँ भ्याक्सिन बनाउन सक्ने अवस्थामा नरहे पनि खोप लगाउने दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक नेपाल भएको बताउनुभयो ।

लागत, अनुभवका कारण तत्काल भ्याक्सिन उत्पादन गर्न सक्ने अवस्था हाम्रो नरहे पनि आयात गरी जनतालाई यो सुविधा समयमै उपलब्ध गराइएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

कोभिडविरुद्धको यस लडाइँमा सबैलाई एकजुट भएर लाग्न प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो । महामारी अचानक आउने चिज भएकाले व्यवस्थापनमा केही समस्या परे पनि सरकारले नियन्त्रणका लागि सबै शक्ति परिचालन गरिसकेको प्रस्ट पार्नुभयो ।

महामारीका बेला सामग्री अपर्याप्तता हुन्छ, हाम्रो यहाँ मात्र होइन, धनी र विकसित मुलुकमा पनि पनि स्वास्थ्य सामग्रीको अपर्याप्तता भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पताल, शøया, शव व्यवस्थापन र अन्य स्वास्थ्य सामग्रीमा अपर्याप्तता अन्य मुलुकमा पनि भएको बताउनुभयो ।

नेपालले कोभिड नियन्त्रण गर्न सुरुमै बन्दाबन्दी, भौतिक दूरी कायम गर्नेदेखि स्वास्थ्य सचेतनामा कडाइका साथ लागू गर्दा विकराल रूप लिन नपाएको उहाँले बताउनुभयो ।

पछिल्लो समय राजनीतिक, धार्मिक तथा खुला सिमानाका कारण आवतजावत सघन हुँदा कोभिड तीव्र रूपले फैलिएको बताउनुहुँदै उहाँले अहिले स्वास्थ्य सामग्री पर्याप्त रूपमा आइसकेको र खोपको व्यवस्थापन पनि भइरहेकाले अब डराउने अवस्था नआउने बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई व्यवस्थित गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सरकार लागिपरेको प्रधानमन्त्री स्पष्ट पार्नुभयो । आफूलाई प्रजातान्त्रिक शक्ति भन्नेहरूले पनि प्रचण्डपथमा हिँडेको देख्दा आश्चर्य लागेको उहाँले टिप्पणी गर्नुभयो । “केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने कुरा सुनिरहेको छु, कसले गराएको निर्वाचनमा भाग लिने हो ? यो कुन लोकतान्त्रिक अभ्यास हो ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली काँग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा लागिरहेको छ ।”

जनताबाट निर्वाचित सबैभन्दा ठूलो दलको सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कसले गराएको निर्वाचनमा जाने भन्ने प्रधानमन्त्रीको प्रश्न छ । उहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान तयार रहेको पनि स्पष्ट गर्नुभयो ।

एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना काँग्रेसले देखिरहेको छ, यो दलीय व्यवस्थालाई मजबुत बनाउने अभ्यास नभएको उहाँले स्पष्ट पार्नुभयो । अरू पार्टीको अनुशासन तोडाएर, अनुचित हथकण्डा अपनाएर अगाडि बढ्दा हामी कहाँ पुग्छौँ ? काँग्रेसतिर सङ्केत गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बेलामा नेपालका बुद्धिजीवीसमेत चुइँक्क बोल्न नसकेको देख्दा चिन्ता लागेको बताउनुभयो । लोकतन्त्र, पद्धति र प्रक्रियाको पक्षमा बुद्धिजीवीहरूले पनि सुझाव दिनुपर्ने उहाँले बताउनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेकै कारण सरकारको सिफारिसमा उपधारा ७ बमोजिम नयाँ निर्वाचनको मिति तोकिएको हो, कहाँनिर असंवैधानिक भयो ?” प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संवैधानिक व्यवस्थाको अपव्याख्या गर्ने काम उचित होइन । ”

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.