Advertisement

ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण

0 886

Advertisement


०३ जेठ, मकवानपुर। मकवानपुर जिल्लाको ट्राफिक व्यवस्थापनका लागि करिब ५ लाख रुपैयाँ बराबरका विभिन्न उपकरण तथा सामग्रीहरु हस्तान्तरण भएको छ ।

प्रदेश सरकार भौतिक पुर्वाधार, विकास मन्त्रालय मार्फत यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कार्यालय प्रमुखले बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुखलाई संयुक्त रुपमा सोमबार उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।


हस्तान्तरण गरिएका उपकरण तथा सामग्रीहरुमा २ थान Breath Analyzer with printer, १० थान म्याजिक लाईट, १० थान व्हील लकर, ३८ थान फ्लोरोसेन्ट ज्याकेट, १ थान Checking Board with Wheel (Metal), १ थान Body Worn Camera, २० थान पीभिसी कोन गरी विभिन्न ८ प्रकारका ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण सम्बन्धी उपकरणहरु तथा अन्य सामग्रीहरु रहेका छन् ।


बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा बढ्दो जनघनत्व, प्रमुख सवारी मार्गहरु तथा हेटौंडा बागमती प्रदेश राजधानी समेत भएको हुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका उपकरणहरु उपलब्ध गराउनका निमित्त सम्बन्धित प्रदेश मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला निकायहरुसँग नियमित समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.