Advertisement

टेलिकमको ‘भोओएलटीई’ सेवा भोलिदेखि परीक्षण हुने

0 670

Advertisement

०२ जेष्ठ, काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर एलटीई (भोओएलटीई) सेवाको परीक्षण गर्दै छ । टेलिकमको फोरजी एलटीई परियोजना अन्तर्गत एचडी भ्वाइस सेवाको परीक्षण गर्ने तयारी थालिएको हो ।

टेलिकमको हालको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गरेकाे छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ ।

यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भिओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।

अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीईमा त्यसभन्दा निकै सस्तो मूल्यमा सेवा उपभोग गर्न सकिने बताइएको छ ।

यो सेवाका लागि टेलिकम र मोबाइल निर्माता कम्पनीको सेट निर्माता दुवैतर्फबाट इनेबल गर्नुपर्ने हुन्छ ।

भीओएलटीई इनेबल भएका मोबाइलबीच तथा त्यसबाट आईभीआर र ल्याण्डलाइन नम्बरमा कल गर्दा समेत प्रयोगकर्ताले भ्वाइस सेवामा उच्च गुणस्तरको अनुभव गर्न सक्छन् ।

भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले इन्टरनेटमा आधारित भ्वाइस तथा भिडियो सेवा दिइरहेका छन् । त्यस्ता सेवाले गुम्दै गएको कम्पनीको आम्दानी भीओएलटीईले भरथेग समेत गर्ने कम्पनीको विश्वास छ ।

यो सेवा नलिने हाे भने *444# मै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ ।

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुन अनिवार्य छ ।

केही भारतीय मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहकले याे सेवा पाउनेछैनन् ।

टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा पहिला तपाईंको मोबाइल सेटमा *444# डायल गर्नुपर्छ । यसरी डायल गर्दा त्यहाँ तीनवटा विकल्प आउनेछन् ।

जसमध्ये सबैभन्दा माथि फोरजी सेवा एक्टिभेट गर्ने विकल्प हुनेछ । भीओएलटीई प्रयोग गर्न पहिले यो सेवा सुरु गर्नुपर्नेछ ।त्यसपछि दोस्रो नम्बरमा भाेलिदेखि परीक्षण हुने भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर यो सेवा लिन सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.