Advertisement

भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै, विभिन्न स्थानमा खोप केन्द्र तोकियाे

0 550

Advertisement

०१ जेष्ठ, काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । त्यसका लागि विभिन्न स्थानमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।

तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । खोप लिने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।

यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

काठमाडौं महानगर सहरी स्वास्थ्य विभागका अनुसार पहिलो खोप लगाएपछि संक्रमण भएर उपचाररत बिरामीले एक महिना नपुगी यो खोप लिन मिल्दैन । विभाग प्रमुख हरिबहादुर कुँवर भन्छन्, ‘‘पहिलो डोज लगाएका तर संक्रमण नभएका व्यक्तिहरुले खोप लगाएको मितिका आधारमा सार्वजनिक गरिएको तालिकाबमोजिम पहिलो खोप लिएको कार्ड लिएर तोकिएको पायकपर्ने खोप केन्द्रमा गएर भेरोसेल खोपको दोस्रो डोज लगाउन सक्नुहुनेछ ।”

आजदेखि भेरोसेल खोप सञ्चालनका लागि महानगरले तोकेका खोप केन्द्रहरु

१. नन्दीरात्रि स्कुल, नक्साल
२. २ नम्बर वडा कार्यालय, लाजिम्पाट
३. ३ नं. वडा कार्यालय, महाराजगञ्ज
४. पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग
५. ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च मावि, बौद्ध
७. यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर
८. ८ नं. वडा कार्यालय, जयबागेश्वरी
९. गुह्येश्वरी मावि, सिनामंगल
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर
११. विश्व निकेतन स्कुल, त्रिपुरेश्वर
१२. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु
१३. जनप्रभात मावि, कालीमाटी
१४. १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर
१५. भुइँखेल चौर, स्वयम्भू
१६. जुडो हल, नयाँबजार
१७. पब्लिक युथ क्याम्पस, धोबीचौर
१८. पुष्पलाल पार्क, विष्णुमती
१९. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर
२०. शान्ति निकुञ्ज स्कुल, भगवतीबारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल
२२. टेवहाल वडा कार्यालय, संकटा
२३. नव आदर्श स्कुल, वसन्तपुर
२४. इतुमबहाल, तारणी वहाल
२५. कन्या मन्दिर स्कुल, क्षेत्रपाटी
२६. वडा परिसर, लैनचौर
२७. महाबौद्ध चोक
२८. २८ नं. वडा कार्यालय, सिटी मार्केट
२९. विजय स्मारक स्कुल, डिल्लीबजार
३०. ज्ञानेश्वर चोक
३१. भीमसेनगोला स्कुल, भीमसेनगोला
३२. ३२ नं. वडा कार्यालय, जडीबुटी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.