Advertisement

अफ्रिकामा पुष्टि भएका कोभिड-१९ संक्रमितको संख्या ४६ लाखभन्दा बढी

0 593

Advertisement

०२ जेष्ठ, एजेन्सी । अफ्रिकामा पुष्टि भएका कोभिड–१९ संक्रमितको संख्या ४६ लाख ७७ हजार ७ सय ९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ ।

अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९ सय ७४ व्यक्ति संक्रमणमुक्त भएका छन् भने मृत्यु भएका संक्रमितको संख्या एक लाख २५ हजार ८ सय ९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पुष्टि गरेको छ ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी संक्रमित हुने देशहरू हुन् ।

संक्रमित संख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो ।

दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभावित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाँच लाखभन्दा ब ढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.