Advertisement

सरकारले तीन दिनमा अस्पतालहरुलाई १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण

0 1,149

Advertisement

३० बैशाख, काठमाडौं । सरकारले तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको छ । अक्सिजन सिलिण्डर माग भएका काठमाडौं उपत्यकाका अस्पतालहरुलाई सिलिण्डर वितरण गरेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र९सिसिएमसी० सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

सिसिएमसीले बैसाख २७ गते ७७ अस्पतालमा तीन हजार ४११ वटा , बैसाख २८ गते एक सय १२ वटा अस्पताललाई छ हजार ४५७ वटा र बैसाख २९ गते एक सय ११ वटा अस्पताललाई सात हजार ४७३ अक्सिजन सिलिण्डर वितरण गरेको खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।

सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा बजार अनुगमन गरी भेटिएका खाली सिलिण्डर संकलन गरी अस्पतालहरुलाई वितरण गरिएको जनाएको छ । थप व्यवस्थापनका लागि मन्त्रीपरिषद्ले ५० हजार खालीसिलिण्डर विदेशबाट ल्याउने समेत निर्णय गरेको छ । २० हजार सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा भने ल्याई सकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.