Advertisement

पछिल्लो २४ घण्टामा भारतमा एकैदिन ४ हजार १ सय २६ जनाको मृत्यु, ३ लाख ४८ हजार ५ सय जनामा संक्रमण

0 1,020

Advertisement

३० बैशाख, एजेन्सी । भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या घटे पनि संक्रमितको संख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन ४१ सय २६ जनाको मृत्यु हुँदा ३ लाख ६२ हजार ४ सय ६ संक्रमित थपिएका छन् । अघिल्लो दिन त्यहाँ ४२ सय मानिसको कोभिडका कारण ज्यान जाँदा ३ लाख ४८ हजार ५ सय जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टाको अपडेटसँगै भारतमा अहिलेसम्म २ लाख ५८ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २ करोड ३७ लाख २ हजार ८ सय ३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार ७ सय ४१ नयाँ संक्रमित थपिएका छन् ।

एकदिनमा अर्जेन्टिनामा ४ सय ९६, कोलोम्बियामा ४ सय ९०, इरानमा ३ सय ६६ जनाको मृत्यु भएको छ । यी देशहरूमा संक्रमितको संख्या पनि तीव्र रूपमा बढिरहेका छन् ।

योसँगै अहिलेसम्म विश्वभर कोभिडबाट ३३ लाख ४४ हजारभन्दा बढीको मृत्यु भइसक्दा १६ करोड १० लाख ६३ हजार भन्दा धेरैमा संक्रमण भइसकेको छ । जसमध्ये १३ करोड ९८ लाख ४१ हजार भन्दा बढी संक्रमण मुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.