Advertisement

बेड र अक्सिजन अभावलाई यसरी ब्यबस्थित गरौँ – डा. रवीन्द्र पाण्डेको सुझाव

0 491

Advertisement

२७ बैशाख, काठमाडौं ।कोरोन सकंमण दिनदिनै बढिरहेको छ । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने,आम नागरिकहरु सतर्कता अपनाउनपर्नेमा डाक्टरहरु तथा स्वास्थ्य संग सम्वन्धित विज्ञहरुले बताउदै आएका छन् ।

कोरोना संक्रमणको लक्षणहरु देखीएमा वा होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे फेसबुक मार्फत आम सर्वसाधारणहरुमा कोरोना सम्वन्धि जानकारी दिदै आउनुभएको छ ।

अहिले नेपालका अस्पतालहरुमा अक्सिजनकको समस्या देखीन थालेको छ । बेड र अक्सिजन अभावलाई यसरी ब्यबस्थित गरौँ – डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिएका छन् ।
.
कोरोना महामारी तीब्रगतिमा बढ्दैछ | संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन | यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ |
.
१. हरेक स्वास्थ्य संस्थामा अनिबार्य रुपमा ‘ फिभर क्लिनिक ‘ संचालन गर्ने | हरेक नागरिकले पिसिआर पोजिटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने |

२. फिभर क्लिनिकमा Triage गर्ने | अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आबश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने | उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने | मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने | छातीको एक्सरे / सिटि लगायतका परीक्षण गर्ने | कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने | गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने |

३. यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने |

४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय / सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने | यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने | संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा ब्यबस्थापन गर्ने |

५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ | हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको ब्यबस्था गर्ने | सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने / गराउने बाताबरण निर्माण गर्ने |


६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने | अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने |

७. संक्रमण नफैलिएका जिल्लाको औषधि / उपकरण / जनशक्तिलाई जीवनरक्षाको लागि आबश्यक अस्पतालमा एड्जस्ट गर्ने |

८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने बाताबरण निर्माण गर्ने |

९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने | सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने |

१०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने | राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने |

११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ | मानवताको उच्च उदाहरण बनौं ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.