Advertisement

पोखरामा कोरोना संक्रमण उच्च, आइतबार थप ३१४ जनामा कोरोना पुष्टि

0 911

Advertisement

१९ वैशाख, पोखरा । आइतबार पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यासँगै मृतकको सङ्ख्या बढ्दै गएको हो ।

कोरोना सङ्क्रमित भई विभिन्न अस्पतालमा उपचार गराइरहेका आठ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा हालसम्म दुई सय ३१ जनाको मृत्यु भइसकेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिअनुसार कास्की पोखरा महानगरपालिका– १६ का ७७ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको थियो ।

यस्तै पोखरा महानगरपालिका– २६ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, पर्वत कुश्मा नगरपालिका– ५ का ७६ वर्षीय महिला, दाङ राप्ती गाउँपालिका– ५ का ४३ वर्षीय पुरुष र पोखरा महानगरपालिका– १९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरा, पोखरा महानगरपालिका– १६ का ७३ वर्षीय महिला, पोखरा महानगरपालिका– १० महिला र रुपन्देही बुटवल उपमहानगरपालिका– ३ का ७५ वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.