Advertisement

वीरगन्जमा कोरोनाको दोस्रो लहर, २ हजार ७ सय ८३ जनामा संक्रमण, ३४ को मृत्यु

0 718

Advertisement

१९ बैशाख, वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएयता पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दर ६० प्रतिशत भन्दा बढी देखिएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा वैशाख १ देखि १८ गते रातिसम्म २ हजार ७ सय ८३ जनाको कोरोना जाँच गर्दा ६० प्रतिशत भन्दा बढीमा संक्रमण भेटिएको छ ।

वैशाख १ देखि १८ गतेसम्म , वीरगन्जमा १ हजार ६ सय ९३ जना संक्रमित थपिएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । शनिबार राति मात्रै नारायणी अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको परीक्षण गर्दा ७५ प्रतिशतमा अर्थात् १ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार राति थपिएका १ सय ४५ मध्ये पर्सा जिल्लाका मात्रै १०९ जना छन् । बाराका २६ जना , रौतहटका ६ जना , सर्लाहीका ३ जना र महोत्तरीका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए ।

शनिबार राति थपिएका १ सय ४५ जनासहित वीरगन्जमा वैशाख १ गतेदेखि १८ गतेसम्ममा संक्रमित हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको हो । वीरगन्ज महिना सुरुयए यता दैनिक हुँदै आएको परीक्षणमा कोरोनाको संक्रमण दर ६० प्रतिशत भन्दा बढी नै रहेको डाक्टर दासले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोश्रो लहर सुरु यता देशभरको संक्रमण दर औसत २५ प्रतिशत छ । तर कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा संक्रमण दर भने औसत ६० प्रतिशत भन्दा बढिरहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर पनि बताउँछन् ।

कोरोनाको पहिलो लहरका बेला वीरगन्जमा संक्रमण दर अधिकतम २२ देखि २५ प्रतिशत मात्रै थियो, ठाकुर भन्छन् ,‘ तर दोस्रो लहर सुरु भएयता भने संक्रमण दर ६० प्रतिशत भन्दा बढि नै देखिएको छ, जुन चिन्ताजनक छ ।

वीरगन्जमा मृत्यु दर १७ प्रतिशत

वीरगन्जमा कोरोना संक्रमण दरसँगै कोरोनाले हुने मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । आइतबार बिहान मात्रै २ जना संक्रमितको मृत्यु भएको छ । शनिबार पनि ३ जनाको मृत्यु भएको थियो ।

कोरोनाको दोस्रो लहर सुरु भएयता चैत ३१ देखि वैशाख १९ गते आइतबारसम्म अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये ३३ जना संक्रमितको मृत्यु भइसकेको छ । वीरगन्जको नारायणी अस्पतालमा २६ जनाको , नारायणी बयोधा अस्पतालमा ४ जना, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा २ जना र गण्डक अस्पतालमा १ जनको मृत्यु भएको हो ।

वीरगन्जमा अहिले कोरोनाले हुने मृत्यु दर १७ प्रतिशत रहेको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह बताउँछन् । कोरोनाको दोस्रो लहर सुरु भएयता एक हप्ता अघिसम्म मृत्यु दर १४ प्रतिशतको हाराहारीमा थियो । तर ५ दिन यता भने मृत्यु दर बढेर १७ प्रतिशतको हाराहारीमा पुगि सकेको डाक्टर उदय बताउँछन् ।

दोश्रो लहर सुरु भएयता नारायणी अस्पतालमा वैशाख १९ सम्म उपचारका लागि १ सय ४१ संक्रमित भर्ना भएकोमा ती मध्ये २६ जनाको मृत्यु भएको डाक्टर उदय बताउँछन् । उनका अनुसार, कोरोना संक्रमणको पहिलो लरहका बेला भने वीरगन्जमा कोरोनाले हुने मृत्यु दर अधिकतम ५ प्रतिशतसम्म मात्र पुगेको थियो ।

तर अहिले नयाँ भेरियन्टको भारइस निक्कै कडा रहेको र यसले शरीरमा छिटटै असर पारेका कारण दोस्रो लहरमा मृत्यु दर धेरै नै बढि देखिएको डाक्टर उदय बताउँछन् ।

यसका साथै संक्रमणको लक्षण देखा परिसके पनि मौसमी ज्वरो , रुघा खोकी त हो भनेर कोरोना जाँच नगराइ लापरवाही गरेर घरमै बस्ने र सिकिस्त भएपछि मात्र अस्पतालमा आउने गरेका कारणले पनि मृत्यु दर बढ्दै गएको डाक्टर दास बताउँछन् ।

सक्रिय संक्रमित १३०८, जटिल अवस्थाका ८३ संक्रमित अस्पतालमा

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवका अनुसार पर्सा जिल्लामा आइतबार बिहानसम्म सक्रिय संक्रमित १ हजार ३ सय ८ जना छन् । ती मध्ये वीरगन्जका विभिन्न अस्पतालमा जटिल अवस्थाका ८६ जना संक्रमित उपचाररत छन् ।

नारायणी अस्पतालमा ४१ , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्पतालमा २३ , बयोधा अस्पतालमा १४ र गण्डक हस्पिटलमा ८ जना संक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिए । श्रीवास्तवका अनुसार , पर्सा जिल्लामा अहिले १ हजार २ सय २२ जना संक्रमित होमआइसोलेसनमा छन् ।

वीरगन्जमा कोरोना संक्रमण दर र मृत्यु दर दुवै बढ्दै गएपछि संक्रमणको साङगलो तोड्न स्थानीय प्रशासनले वैशाख १६ गते देखि एक साताको लागि निषेधाज्ञा लगाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.