Advertisement

मुलुकभर ७ हजार २११ जना नयाँ कोरोना संक्रमित थपिए, २७ को मृत्यु

0 427

Advertisement

१९ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७७० जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ हजार १ सय ४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार २११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ संक्रमित निको भए, २७ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६१२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६१२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७७० जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ४ हजार ४७६ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.