Advertisement

सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चितकालकालागि स्थगित

0 806

Advertisement

१८ बैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मेदानमा हुने सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्काे सुचना नआएसम्मका लागि स्थगित हुने बताएको हो ।

क्यानका सचिव असोकनाथ प्याकुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै क्रिकेट प्रतियोगिताहरू स्थगित गरिएको उल्लेख छ ।

साथै क्यानले आईसीसीको प्रावधानअनुसार क्यानलगायत विभिन्न क्लब, एकेडेमी र संस्थाबाट आयोजना गर्ने प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागेकाले त्यसैअनुसार आगामी प्रतियोगिता सञ्चालन गरिने पनि बताएको छ ।

L



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.