Advertisement

नाइट राइडर्समाथि दिल्लीको सानदार जित

0 428

Advertisement

१७ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियमा कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याको दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १५६ रन बनायो ।

दिल्लीलाई सानदार जित दिलाउनको लागि ओtपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङ गरे । उने ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ८२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै शिखर धावनले ४६ रन बनाए । उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । रिषव पन्तले १६ रनको योगदान गरे ।
मार्कस स्टोइनिस भने ६ रनमा अविजित रहे ।

बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । कोलकाताका लागि शभम गिलले ४३ रन बनाए ।

त्यस्तै आन्द्रे रशलले ४५ रन बनाए । उनले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । राहुल तिमाठीले १९ रनको योगदान गरे ।

कोलकाताका लागि नितिर रानाले १५ रन बनाउँदा दिनेश कार्तीकले १४ रनको जोडे ।

बलिङतर्फ दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिए । त्यस्तै आभार खान र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।

यो जितसँगै दिल्लीले ७ खेलबाट १० अंक जोड्दै दिल्ली लिगको दोस्रो स्थानमा छ । पराजित कोलकाता ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.