Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पाेर्चुगलका नेपाली घरबेटी

0 3,918

याेगेन्द्र खरेल

१३ बैशाख, लिस्वाेन (पाेर्चुगल)। युरोपेली मुलुकहरु मध्येमै आप्रवासीहरुकाे लागि सहज नियमकानुन भएकाे पाेर्चुगलमा , नेपालीहरुकाे आगमन र बसाइँ उल्लेख्य रुपमा बृद्धी भइरहेको छ ।

यहाँ घरकाे फल्याट भाडामा लिने र त्यहा भएका रुमहरु वा बेडहरु भाडामा दिने प्रचलन छ । यसरी घरकाे फल्याट भाडामा लिइ त्यहा भएका रुम वा बेडहरु भाडामा लगाउने ब्यक्तिलाई नै घरबेटी भन्ने प्रचलन हावि छ पाेर्चुगलकाे नेपाली समुदायमा । हुन त जसकाे आफ्नाे घर छ त्याे नै घरबेटी हुनुपर्ने हाे तर पाेर्चुगलमा अरुकाे घर भाडामा ल्याउनेहरु नै घरबेटि हाै भन्छन र रुममा बस्नेहरु त्याे स्विकार्छन । यी घरबेटीहरुकाे दादागिरी वास्तविक घरबेटीकाे भन्दा बढ्ता छ भन्ने यदाकदा सुन्ने गरिन्छ ।

रुमकाे ढाेका कति पटक खाेल्याे , ट्वाइलेट कति पटक गयाे , लाइट कति समय बाल्याे , कपडा कति धाेयाे , फाेनमा कति बाेल्याे यी र यस्ता यावत कुराहरुमा नजर राख्ने र गुनासाे गर्ने गर्छन नेपाली घरबेटी भन्ने कुरा एकताका जबर्जस्त उठ्ने गरेकाे थियाे यहाँ रहेका नेपाली समुदायमा तर अहिले यी र यस्ता गुनासाहरु सुन्ने गरेकाे पाइदैन ।

बाग्लुङका संजय भन्छन , पाेर्चुगलका नेपाली घरबेटीहरु दुई प्रबृत्तिका छन । २०१८ काे अन्त्य तिर पाेर्चुगल छिरेका मनाेज ती दुबै प्रबृत्तिका घरबेटीहरु आफुले भाेगेकाे अनुभव बताउदै भन्छन , उनी पाेर्चुगल आउने बेला रुम पाउन निकै गाह्रो थियाे । आफू आएकाे करिब १० /१५ दिनमा मात्र बल्ल बल्ल रुम पाएकाे बताउछन । त्यतिबेला काम पाउन भन्दा रुम पाउन निकै गाह्रो थियाे । २०१८ काे अन्त्य देखि २०२१ काे मध्य सम्मकाे पाेर्चुगलकाे बसाइँमा उनले दुईवटा घरबेटी संग साक्षात्कार गर्ने अबसर पाएछन ।

उनी पहिलाे पटक आन्जुस तिर बसेका रहेछन । काठकाे भर्याङ चढेर अन्डरग्राउन्ड मा जानुपर्ने रहेछ उनि बस्ने घरबेटीकाे घरमा पुग्न , त्यहि घरकाे एउटा झ्याल नभएकाे अघ्याराे उनकाे काेठा रहेछ । बाहिर घाम लागेकाे छ वा पानी परिरहेकाे छ भन्ने कुनै अत्तोपत्तो नहुदाेरहेछ उनकाे काेठाबाट । प्रयाप्त हावा छिर्न आवश्यक भेन्टिलेसनकाे समेत ब्यवस्था नभएकाे उनकाे काेठा रहेछ , त्यहि काेठा पाउनु पनि भाग्य नै थियाे त्यति बेला ।

भर्खर भर्खर पाेर्चुगल छिरेका संजय, एउटा रेष्टुरेन्टमा काममा पनि लागेछन । त्यति बेला काम पाए पनि कामकाे कन्ट्याक्ट् पाउन केहि महिना कुर्नुपर्दाेरहेछ ,नेपालिहरुले सन्चालन गरेकाे व्यावसायमा उनी त्यहि कुराकाे सिकार भएछन एक दुई महिना । काम गरेकाे एकदुई महिना पछि पाएकाे कामकाे कन्ट्याक्ट् लिएर साेसल नम्बर एप्लाई गरेर साेसल नम्बर पाउन करिब ३ महिना जति तनाब बेहाेर्नु परेकाे रहेछ ।
दिन भर कामकाे दुख र कागजि प्रक्रियाकाे तनाब भन्दा ठुलाे तनाब घरबेटीबाट पाएका रहेछन उनले । उनी काम बाट फर्किदा रातकाे करिब १२/१ बज्दाे रहेछ । भर्याङ झर्दा काठकाे भर्याङकाे आवाज आउदाे रहेछ , ढाेका खाेल्दा र बन्द गर्दा ढाेकाकाे आवाज आउदाे रहेछ याे पाेर्चुगलमा यसलाई नै किचकिच गर्ने बिषय बनाउथे ती घरबेटीले । भन्थे किन राति राति आकाे , किन भर्याङ बजाकाे , ढाेका बिस्तारै लगाउन सकिन्न आदिइत्यादि ।

संजय भन्छन , घरबेटी किचकिचे छन भन्ने बुझेपछि , भर्याङ झर्दा बिस्तारै झर्थ्ये र ढाेका खाेल्दा र बन्द गर्दा निकै हाेसियारि अपनाउथे तर हरेक दिन यहि बिषयमा किचकिच गर्न छाेड्दैन थिए ती घरबेटि । घर छाेडाै त घर पाउने चान्स कमै थियाे सायद यहि कमजोरीकाे फाइदा उठाइरहेका थिए ती घरबेटीले ।

त्यति मात्र कहाँ हाे र कति पटक ट्वाइलेट गयाे , कति पटक नुहायाे , काेठामा कति समय लाइट बाेल्याे यी यस्ता यावत कुराहरुकाे हिसाबकिताब राख्थे र तिनै बिषयमा किचकिच गरिरहन्थे ती घरबेटि । सायद दिसापिसाब नलागेसम्म काे नै जान्थ्याे हाेला र ट्वाइलेट । दिसापिसाब लागेकाे बेला ट्वाइलेट जादा समेत डराउनु पर्ने अबस्था थियाे । त्याे निकै अध्याराे काेठा लाइट बाल्न नपाउने , अघ्याराे काेठाकाे भित्र बसेर प्रकाश छिर्ने आशाले ढाेका खुल्ला राख्याे कि फेरि गालि खाइने । दिउसाे घरबेटी दाइ काममा जान्थे भने भाउजू घरमा हुन्थिन भाउजू असल हाेलिन भन्ने लाग्थ्यो तर दिउसकाे गरेकाे नुहाइधुवाइ सबै काे रिपोर्ट बेलुका दाइले बाचन गर्थे भनेपछि भाउजू पनि देख्दा कि मात्र असल रहेछिन भन्ने स्पस्ट हुन्थ्याे ।

म पाेर्चुगलमा नया थिए उनि ( घरबेटी )पुराना थिए । म चाहान्थे कि उनले समय मिलेकाे बेला मेराे समस्या सुनुन , यस्तै हाे भाइ बिस्तारै बिस्तारै सबै ठिक हुन्छ , आत्तिनु हुदैन भन्दै सान्तवना देउन । हरेक दिन भाइ के छ खबर सन्चै छाै ? कामकाज कस्ताे चलिरहेकाे छ ? चिन्ता नगर है सबै कुरा बिस्तारै ठिक हुन्छ मैले केही सहयाेग गर्नुपरे भन है आफ्नै दाइ सम्झेर । यी र यस्तै कुरा सुन्न चाहान्थे मेरा कानहरुले तर यी सबै केवल चाहानाहरु मै सिमित भए । मलाई उनकाे सहयाेग आवश्यक थिएन तर सान्त्वना आवश्यक थियाे।

करिब एक बर्षपछि राेसियाेमा काेठा पाएपछि उनी राेसियाे सरेका रहेछन । उनी साेचेका रहेछन कि पाेर्चुगलका सबै नेपालि घरबेटी उनले भाेगेका जस्तै हुन्छन । काेठा सरेकै दिन उनकाे बिदा परेकाे रहेछ । साेहि दिन उनकाे नया घरबेटीकाे पनि बिदा रहेछ । घरबेटीले ढाेका ढकढक गरे र भने बैठक काेठामा आउनुस है भाई । अगुल्टो ले हानेकाे कुकुर बिजुली चम्कदा तर्सन्छ । भने झै म तर्सिसकेकाे थिए । लाै अब आजै देखि शुरु हुने भाे किचकिच । यि र यस्तै कुरा मनमा खेलाउदै बैठक काेठामा पुगे । उमेर ले म भन्दा जेठा रहेछन त्यसैले दाइ नमस्ते भन्दै अभिवादन सहित सम्बाेधन गरे । मैले उनलाई जति सम्मान दिए त्यति नै सम्मान दिदै उनले नजिकै साेफा मा बस्न अनुराेध गरे र हाम्रो परिचय भयाे ।

हाम्राे बिचमा दाजुभाइ कै हैसियतमा निकै दुखम सुुुखम भयाे , मलाई निकै ढाडस दिनु भयाे । उहाले घरमा बस्दै गर्दा अवलम्बन गर्नुपर्ने केही कुराहरु बताउनु भयाे जुन स्वभाबिक थिए । हामी बिच यति कुरा हुँदै गर्दा भाउजू किचनबाट आएर अब खाना खाने कि भन्दै दाजुलाइ संकेत गर्दै थिइन । दाजुले भने भाइ जाउ खाना खान म भने भाे दाजु म बाहिरै जान्छु खाना खान । दाजुले भने यस्ताे थाेरै कमाइ भएकाे ठाउमा बाहिर खाएर कहाँ पुग्छ ? घर मै पकाएर खानु पर्छ है भाई भन्दै थिए यति भन्दै गर्दा भाउजू बाेलिन बाबू साझ सामान लिएर पकाए खानुहाेला तर अहिले चै खाना खाउन है भन्नू भयाे मलाई घरमा आमाले खाना खान आउ है भनेजस्ताे आभास भयाे , हामी दाजुभाइ गयाै खाना खायाै ।

भाउजुले नजिकै सामान लिने ठाउकाे लाेकेसन दिदै भन्नु भयाे बाबू सरसफाइ र अरुलाइ डिस्टभ हुने कुरामा ध्यान दिनुहाेला अरु चै याे घरमा हाम्राे जति हैसियत छ त्यति तपाईंकाे पनि छ है । केही गाह्रोसाह्रो भए भन्नुस है आजदेखि त हामी एउटै परिवारका सदस्य जस्तै भयाेै नि ।

आज बिहान देखि जे भइरहेकाे थियाे याे सबै सपना जस्तै लागिरहेकाे थियाे मलाई तर याे वास्तविकता नै हाे । यी र यस्तै हुँदै त्याे दिन देखि आज सम्म करिब करिब दुई बर्ष बित्न नै आटेकाे छ । ढेाका बज्याे , लाइट बल्याे , ओहाे कती ट्वाइलेट गएकाे ? आदिइत्यादि सुन्न नपरेकाे पनि करिब दुईबर्ष पुग्नै आटेकाे छ । हामि जति बस्छाै परिवारका सदस्य जस्तै छाै दुखसुख आदानप्रदान हुन्छ । सक्दाे सहयोगकाे आदानप्रदान हुन्छ । मलाई परेकाे समस्या सुनाइ हाल्याे कि घरबेटी दाइ आफ्नै समस्या जसरि सामधान गर्न थाल्छन ।

यहि अबधिमा काेराेना महामारीका बिच मलाई रुघाखोकीले निकै च्याप्याे भाउजुले ज्वानाे बेसार पनि पकाएर निरन्तर दिइरहनु भयाे , बिहान उठेपछि दाजुभाउजुले हरेक दिन साेध्नुभयाे बाबू कस्ताे छ आज तपाईंलाई ? यी सबै हेर्दा लाग्छ आज म प्रदेशमा भए पनि परिवार बिचमा नै छु । हरेक चाडपर्वहरुलाइ सकेसम्म पारिवारिक र उत्कृष्ट बनाउने प्रयासमा लाग्नुहुन्छ दाजुभाउजु ।

चाडपर्व आउनु एकदुई दिन अघि देखिनै दाजुभाउजू निकै सक्रिय हुनुहुन्छ । दाजुले भन्नुहुन्छ , हरेक ले एक एक खानाकाे परिकार अनिवार्य बनाउनुपर्छ है । क-कसले के बनाउने भन्ने फिक्स भए पछि आवस्यक सामान काे लिस्ट बाेकेर दाजु पसल तिर कुद्नुहुन्छ । चाडपर्वकाे दिन सबै संगै बसेर निकै रमाइलो संग पर्व मनाउछाै ।

एक दिन मैले प्रस्ताव राखेको थिए दाजु याे पालि बिल अल्लि धेरै आयाे सबैले शेयर गराै है । दाजुले भन्नू भयाे भाइ तिमिहरु सबैले मलाई दाजु भनेर सम्मान गर्छै मिठाे चाेखाे पाक्दा हामिलाइ चाख्न नदिई तिमिहरु खादैनाै । बर्षभरिमा पर्ने २/३ वटा पर्वहरुमा तिमिहरु संग रमाइलो गर्दैमा म के गरिब हुन्छु हाेला त । उहाकाे उत्तरले मलाई नाजवाफ बनायाे ।

हामी बिचकाे पारिवारिक सद्भाव र प्रेममा कुनै स्वार्थ छैन र याे कुनै देखावटी पनि छैन । हाम्रा आ- आफ्नै दुखसुख छन तर हामी हाम्रो बिचमा सक्दाे सहयाेग र सद्भाव काे आदानप्रदान गर्न हिचकिच गर्दैनाै याे सबैकुराकाे श्रेय घरबेटी दाईलाइ नै जान्छ हामिलाई यसरी मिलेर बस्ने बाताबरण मिलाउने उहाँ नै हाे । अहिले म प्रदेशमा भएपनि एक्लाे महसुस गर्दिन किनकि म संग यहाँ पनि भावनात्मक परिवार छ भन्ने अनुभव हुन्छ ।

अहिले काेराेनाकाे कारण लिस्वाेनका अधिकांश ठाउमा काेठा खालि भएका खबरहरु सुनिन्छ तर म बस्ने घरमा काेठा खालि छैन । अति आवस्यक परिस्थिति बाहेक यहाँ आएकाे मान्छे छाेडेर जादैन । अहिले म बस्ने घर देखि नजिकै मैले तिर्ने भाडा भन्दा निकै सस्तोमा रुम पाइएकाे छ तर म दुईचार रुपैयाँ बढि तिरेरै भएपनि यहि बस्न चाहान्छु किनकि यहाँ रुम मात्र हैन यहाँ सानाे परिवार छ । यहाँ मानवीयता छ । यहाँ घरमा बस्ने सबैकाे समान हैसियत छ । यहाँ स्नेह र सद्भाव छ ।

म चाहान्छु कि सबै नेपाली घरबेटी मेेराे घरबेटी जस्तै बनुन सबै भाडामा बस्नेहरु म जस्तै बननु । एक अर्कामा सहयोग , स्नेह र सद्भाव बढ्दै जाओस । यहि भन्छन संजय ।

सबै घरबेटी संजय कै घरबेटी जस्तै वनाै र सबै घरमा बस्नेहरु संजय जस्तै बनाै । हामी सबैकाे पाेर्चुगल बसाइँ सुखद , स्वस्थ र मस्त रहाेस ।
जय देश जय नेपाल ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.