Advertisement

सुपर ओभरमा दिल्लीले हैदरावादलाई हरायो

0 283

Advertisement

१३ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि नतिजाका लागि सुपर ओभरमा जानु परेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै हैदरावादले ६ बलमा ७ रन बनायो । सुपर ओभरमा बलिङको जिम्मेवारी पाएका अक्षर पटेलले पहिलो बल डट फाले । दोस्रो बलमा डेविड वार्नरले एक रन लिए । तेस्रो बलमा केन विलियम्सनले चौका प्रहार गरे भने चौथो बल रनविहीन भयो । पाँचौं बलमा विलियम्सनले लेगबाइ रन लिए भने अन्तिम बलमा वार्नरले एक रनमात्र लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले अन्तिम बलमा रोमाञ्चक जित हासिल गरेको हो । हैदरावादका लागि बलिङको जिम्मा रसिद खानले पाएका थिए । उनको पहिलो बलमा दिल्लीका ऋषभ पन्तले एक रन लिए । दोस्रो बलमा शिखर धवनले लेगबाइ बापत एक रन जोडे भने तेस्रो बलमा ऋषभले चौका प्रहार गरे । चौथो बल डट रहे पनि पाँचौं बलमा दिल्लीले पुनः लेगबाइ बापत एक रन बटुल्यो । छैटौं बलमा लेगबाइ बापत अर्को एक रन जोड्दै दिल्लीले जित हासिल गरेको हो ।

यसअघि पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।

जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ भने हैदरावाद सातौं नम्बरमा छ ।

प्रतियोगितामा सामेल ८ वटै टिमले पाँच–पाँच म्याच खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा चेन्नई सुपरकिङ्ग्स छ भने दोस्रोमा दिल्ली, तेस्रोमा रोयल च्यालेन्जर्स बेंग्लोर, चौथोमा मुम्बई इन्डियन्स, पाँचौंमा पञ्जाव किङ्ग्स, छैटौंमा राजस्थान रोयल्स, सातौंमा हैदरावाद र आठौंमा कोलकाता नाइट राइडर्स छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.