Advertisement

उपत्यकामा कम्तिमा चार साता ‘लकडाउन’ गर्न स्वास्थ्य मन्त्रालयको सुझाव, सीसीएमसीले प्रधानमन्त्रीसँग ‘ब्रिफिङ’ गर्दै

0 1,062

Advertisement

११ बैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।

स्थिति नियन्त्रणमा लिन मन्त्रालयले कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी रहेको छ ।

छिमेकी राष्ट्र भारतमा समेत भयावह स्थिती पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

यसबारेमा प्रधानमन्त्रीसँग ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

यातायातका साधन पनि चल्न रोक लगाउनु पर्नेबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने सीसीएमसीले तयारी गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.