१ थान पेस्तोल र २ थान म्याग्जिन सहित पक्राउ
०९ बैशाख , पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट १ थान पेस्तोल र सोको २ थान म्याग्जिन सहित मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने २५ वर्षीय राजु राना मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेको उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कम्मरभित्र लुकाई ल्याएको पेस्तोल र पाइन्टको खल्तीमा लुकाई राखेको उक्त म्याग्जिन सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो पनि पढ्नुहोस्: