Advertisement

कतार एयरवेजद्वारा भाइरस र ब्याक्टेरिया निश्क्रिय पार्ने यूभी क्याबिन सिस्टम जडान

0 600

Advertisement

०९ बैशाख, दोहा । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (युभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ ।

कतार उड्डयन सेवा(क्यूएएस)को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल युभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ ।

यस संस्करणमा एक हात वान्ड समावेश गरिएको छ जसले ककपीट र अन्य साना ठाउँहरूमा कीटाणु शोधन गर्दछ । बिना मोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्दछ । क्लिनिकल परीक्षणहरूमा, यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरिया निष्क्रिय पार्ने देखिएको छ ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २को पछिल्लो संस्करण को १७ युनिटहरु प्राप्त गरे पछि, सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको एयरवेजले जनाएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.