Advertisement

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सेमिफाईनलको समिकरण पुरा

0 758

Advertisement

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । शुक्रवार हुने सेमिफाइनल खेलमा न्यु डायमन्डको सामना पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर्ने छ ।

बिहिवारको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई ३–० को सोझो सेटमा हराउदै समूह ए बाट उपविजेताको रुपमा सेमिपफाईनलमा स्थान बनाएको थियो । आर्मीले सहज जित निकाल्ने क्रममा ढोरपाटनलाई २५–१०,२५–८ र २५–१२ ले स्तब्ध बनाएको थियो ।आर्मीको जितमा उच्च प्रदर्शन गरेकी सुनिता खड्का प्लेयर अफ दि म्याचको उपाधि जितिन । उनले नगद २ हजार र आकर्षक ट्रफी हात पारिन् । दोश्रो प्रतिस्पधात्कम खेलमा एपीएफले पुलिसलाई २२–२५,२५–२१,२५–२१ र २५–१५ को सेटमा हराउदै समूह विजेताको रुपमा सेमिफाईन स्थान बनाउदा पुलिस पनि उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । एपिएफको जितमा उच्च प्रदर्शन गरेकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।

लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले आफना युवा खेलाडीलाई अवसर दिएको थियो । प्रशिक्षक कुमार राईले दोश्रो रोजाईका पाँच जना खेलाडी ढोरपाटन विरुद्ध उतारेका थिए । युवा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पछि डायमन्डले ढोरपटनमाथी २५–१२,२५–१२ र २५–१२ को सहज जित निकाल्यो । ढोरपाटनविरुद्ध डायमन्डकी पनामिका राई प्लेयर अफ दि म्याच चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.