Advertisement

‘फेक डकुमेन्ट’ सम्प्रेषण गर्नेमाथि प्रेस काउन्सिलको एक्सन, दर्ता नभएका पोर्टल बन्द गर्न प्राधिकरणलाई पत्राचार

0 1,610

Advertisement

०३ बैशाख, काठमाडाैं । प्रेस काउन्सिल नेपालले भारतीय गुप्तर एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच लिखित सहमति भनी विभिन्न न्युज पोर्टलहरुमा सम्प्रेषित सामाग्री भ्रामक र तथ्यहीन रहेको भन्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

काउन्सिलले शुक्रवार विज्ञप्ति जारी गरी वैशाख २ गते अपरान्हदेखि बिना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ को हवला दिदै सञ्चारमाध्यमको जिम्मेवारीबोधको समेत ख्याल नगरी तथ्यहीन,पुष्टि नभएका सामाग्री सम्प्रेषण गरी सनसनीखेज गराउने उद्देश्यले जनमानसमा भ्रम पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध एवम् भाइचारको सम्बन्धमा गम्भीर असर पु¥याउन खोजेको जनाएको छ ।

काउन्सिलले सूचना विभागमा दर्ता नभएका दुईवटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन सनक्ने गरि बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

यसैबीच गोप्य सम्झौताको ‘अनिअफिसियल ट्रान्सलेसन’ भनी फेक डकुमेन्ट बाहिर ल्याउने उज्यालो नामक वेबपोर्टलका सन्चालक बुद्ध लोप्चनलाइ प्रहरीले खोजी गरिरहेको छ । उनी सो फेक डकुमेन्ट भाइरल भएपछि फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।

शुरुमा यो फेक डकुमेन्टको बारेमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो । साइबर ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जिम्मा लगाएको स्रोतले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.