Advertisement

काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह

0 514

Advertisement

०३ बैशाख, काठमाडाैं । वायुको असरले काठमाडौं उपत्यका आसपासमा असिना-पानी परेको छ। काठमाडौं उपत्यकासहित देशको केही भूभागमा असिना सहित पानी परिरहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा गड्याङगुडुङसहित असिना-पानी परेको हो।

‘अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने,‘भोलि पनि अपरान्हपछि यस्तै हुन सक्छ।’

काठमाडौंको आकाशमा टन्नै बादल भएकाले अहिले केही ठाउँमा दिउँसै बत्ती बाल्नु पर्ने अवस्था भएको उनले बताए। ‘ठाउँअनुसार फरक-फरक छ। कहिँ धेरै पानी परेको छ, कहिँ कम,’ पौडेलले भने,‘प्रि-मनसुनमा यस्तो हुन्छ। दुई-तीन घन्टापछि यो खुलेर जान्छ।’

यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

अहिले विशेष गरी पहाडी भूभागको पोखरा, सुर्खेत, गोरखालगायतका क्षेत्रको आसपासमा मध्यम खालको वर्षा भइरहेको छ । तराईका जिल्लाहरुमा भने सामान्य हावाहुरी चलेपनि र ठूलो हावाहुरीको सम्भावना कमै रहेको उनको भनाइ छ ।

धेरै समयपछि उपत्यकालगायतका क्षेत्रमा वर्षा भएको हो । असिना पानी परेसँगै काठमाडौं उपत्यकामा यसअघि बढेको वायु प्रदुषण घटने अपेक्षा गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.