Advertisement

काठमाडौं प्लाजामा नेपाल ट्रष्टको ताल्चा

0 1,470

Advertisement

०२ बैशाख, काठमाडौ । नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजामा बिहीबार ताल्चा लगाएको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यका अनुसार दुईवटा व्यावसायिक कम्पनी सिल गरिएको छ ।

उनले अरु सबै व्यवसायीले खाली गरिसकेको र प्लाजामा रहेको ज्योति विकास बैंकले चार दिनभित्र शाखा सार्ने भनेकाले त्यसलाई नहटाएको बताए । त्यहीँ रहेको मुक्तिनाथ विकास बैंकको कार्यालयलाई नेपाल राष्ट्र बैंकको अनुरोधमा केही समयको लागि त्यहीँ सञ्चालन गर्न दिइने भएको सचिव आचार्यको भनाइ छ ।

व्यवसायीहरुको सम्झौता सकिएको १० महिना सकिँदा पनि अहिलेसम्म खाली नगर्दा ट्रष्टले सिल गरी ताल्चा लगाएको हो ।

‘‘हामीले सुरक्षा निकायको टोली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य, स्थानीय जनप्रतिनिधिको रोहबरमा भवनको मुचुल्का उठाई सिल गरेका छौँ । पहिले नै हामीले खाली गर्न भनेपछि प्रायःले यसअघि नै खाली गरिसकेका थिए । हामीले २०७७ असारदेखि नै खाली गर्न पत्राचार गरे पनि केही कम्पनीले अटेर गरिरहेका थिए,” सचिव आचार्यले भने, ‘‘व्यवसायीले अटेरी गरेका कारण कन्सेप्ट लेभलपर्स कम्पनीले पनि नियन्त्रणमा लिन सहमति जनाइसकेपछि सिल गरेका हौँ । आइतबारसम्म उक्त व्यवसायीलाई सम्पर्कमा ल्याएर सबै भवन खाली गर्न लगाई ट्रष्टको कार्यालयको अधिनमा ल्याउनेछौँ ।”

कम्पनीसँगको ठेक्का सम्झौता सकिएको १० महिना बितिसक्दा पनि खाली नगराइँदा ट्रष्टको कार्यालयले बल प्रयोग गरी प्लाजा खाली गराउनुपर्ने अवस्था आएको ट्रष्टको कार्यालयले जनाएको छ ।

उक्त कम्पनीको सहमतिमा नेपाल ट्रष्टले दिएको अन्तिम समय गत चैत २५ गते सकिइसकेको छ । ट्रष्टले भवन खाली गर्न पहिलोपटक गत असारमा सूचना प्रकाशन गरी पत्राचार गरेको थियो ।

ट्रष्टले वि.सं. २०५० सालमा प्लाजामा व्यवसाय चलाउन कन्सेप्ट डेभलपर्ससँग २७ वर्षको सम्झौता गरेको थियो । उक्त सम्झौताको अवधि पूरा भएपछि भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय भएको थियो ।

कार्यकारी सचिव आचार्यले लामो समयसम्म डेभलपर्सले खाली गराउन नमानेको बताए । ‘‘हामीले बारम्बार ताकेता गरेपछि डेभलपर्सले बल्ल–बल्ल सहमति दिएको थियो । ट्रष्टको कार्यालयले १० महिनामा खाली गराउन भन्दै तीनपटकसम्म पत्राचार गरेको थियो । त्यसका विरुद्ध व्यवसायीहरु अदालतसम्म पुगेका थिए । अदालतले व्यवसायीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेन । अदालतले पनि भवन खाली गराउनुपर्नेमा बेहोरा जानकारी गरायो । तर पनि व्यवसायीले भवन खाली गर्न मानेका थिएनन,” उनले भने ।

उनले अब प्लाजा ट्रष्टको कार्यालयको अधिनमा लिई काठमाडौं महानगरलाई भाडामा दिने तयारीमा जुटेको बताए ।

व्यवसायीसँगको सम्झौतामा ट्रष्ट कार्यालयले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णयले प्लाजाको भवन महानगरपालिकालाई दिने निर्णय गरिएको थियो ।

उक्त प्लाजाको भवनको क्षेत्रफल ५ रोपनी २ दाम रहेको छ । ट्रष्टका अनुसार कन्सेप्टले भवन खाली नगर्दा महानगरसँग दुईपक्षीय सम्झौता हुनसकेको थिएन । यति मात्रै होइन, व्यवसायीहरुबाट ट्रष्टको कार्यालयले असारदेखिको भाडासमेत पाउन सकेको छैन ।

ट्रष्टले ६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी प्लाजाको भवन महानगरलाई दिने निर्णय गरेको छ । कम्पनीले ट्रष्टलाई मासिक ६ लाख भाडा मात्रै दिँदै आएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.