Advertisement

शुक्रबारदेखि दिल्लीमा कर्फ्यू

0 478

Advertisement

०२ वैशाख, एजेन्सी । कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लगाउनुभएको हो ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको छ । त्यस्तै यहि अवधिमा ९ हजार ९५२ जना निको भएका छन् ।

अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार सङ्क्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.