Advertisement

आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेले पनि हार भने टरेन

0 689

Advertisement

३१ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् ।

निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्तिम ओभरको एक बल बाँकी रहँदा जितका लागि राजस्थानलाई ५ रनको आवश्यकता थियो तर अन्तिम बल त्यसै खेर गयो र नतिजा पञ्जावको पक्षमा पुग्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । उनले ६३ बलको सामना गरेका थिए । कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगदान दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए । राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.